बुधबार, १ श्रावण, २०७६
Wednesday, 17 July, 2019

क्लिन फिडको विपक्षमा सबै विदेशी टेलिभिजन च्यानलहरु बन्द

काठमाडौं। प्रस्तावित विज्ञापन ऐन २०७६ को विरुद्धमा टेलिभिजन सेवा प्रदायकहरुले आन्दोलनमा उत्रदै २४ घण्टाका लागि सबै विदेशी च्यानहरु बन्द गराएका हुन् ।

इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले आज सोमबार ३ बजे देखि भोलि मंगलबार दिउँसो ३ बजेसम्म विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गरेको हो ।

नेपालमा प्रसारित ८५ प्रतिशत च्यानलहरु विदेशी रहेको नेपाल केबुल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए। सरकारले राष्ट्रियसभामा दर्ता गराएको विज्ञापन विद्येयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टिभी व्यवसायीहरु आन्दोलित भएका छन।

राष्ट्रियसभामा दर्ता भएको विज्ञापन विधेक हुबहु पारित भए नेपालमा सर्वाधिक रुचाइएका च्यानलहरु कलर्स, स्टार प्लस, जी टीभी लगायतका सम्पूर्ण मनोरञ्जनात्मक च्यानलहरु सहित खेलकुदका च्यानलहरु स्टार स्पोट्रस, सोनी टेन लगायतका च्यानलहरु समेत बन्द हुने छन।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा