बुधबार, १ श्रावण, २०७६
Wednesday, 17 July, 2019

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा नरेश शाक्य 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८ औंैं संञ्चालक समितिको बैठकबाट श्री नरेश शाक्यलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।

शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशक रहनु भएको छ । त्यसै गरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिज्की निर्देशक सुश्री कुशुम लामालाई निर्देशकको रुपमा नवनियूत्त गरेको छ । 

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीनजना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक¬–एक जना प्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो ।

यसको NCHL-ECC, NCHL-IPS र connect IPS e-Payment प्रणाली सञ्चालनमा रहेका छन् । हालसम्म यसमा प्रत्यक्ष सदस्यको रुपमा ८० भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु रहेका छन् भने ११ भन्दा बढिसंस्थाहरु अप्रत्यक्षर टेक्निकल सदस्यका रुपमा आबद्घ रहेका छन् । 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा