शुक्रबार, ६ भदौ, २०७६
Friday, 23 August, 2019

बुद्ध एयरको मोबाइल एप र वेवसाईट बाट टिकट खरिद गर्दा छुट पाइने

काठमाडौं। बुद्ध एयरको मोबाइल एप र वेवसाईट बाट टिकट खरिद गर्दा बुद्ध एयरले छुट दिने भएको छ। बुद्ध एयरको माबाइल एप बाट नेपाली र विदेशी दुवैले टिकट खरिद गर्न पाउने छन। यो छुट बुद्ध एयरका राष्ट्रिय उडानहरुमा मात्र पाइनेछ।

मोवाइल एपबाट यात्रुले आफ्नो आफन्तको उडानबारे जानकारी लिन सक्ने छन। टिकट काट्दा नेपाली र भारतीयलाई एउटा भाडादर र तेस्रो मुलुकका नागरिकलाई डलर भाडादर भएको बुद्ध एयरले बताएको छ।

बुद्ध एयरको मोवाइल एपबाट भाडादर, उडान तालिका एवं समय परिवर्तन, उडानको अवस्था लगायत पर्यटकीय गन्तव्यहरुको विस्तृत जानकारी लिन सकिनेछ। एयरलाईन्स तथा ट्राभल एजेन्सीबाट काटेको टिकट कोड मार्फत मोबाइलमै हेर्न सकिन्छ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा