बुधबार, १ असोज, २०७६
Wednesday, 18 September, 2019
Skip Advt.

क्यासपरस्की २०२० संस्करणामा यस्ता आकर्षक फिचर

काठमाडौं । सेक्युरिटी भेन्डर र साइबर अपराधीको लडाई जारी छ । सेक्युरिटी भेन्डरहरु त्यस्ता अपराधिक गतिविधिलाई रोक्न नयाँ नयाँ प्रविधि ल्याउँछन् । उता साइबर अपराधी त्यो सुरक्षाको जालो तोड्न नयाँ तरिका पत्ता लगाउँछन् । यसकारण अब कस्तो सेक्युरिटी सोलुसन्सले साइबर आक्रमणलाई नियन्त्रण गर्न सक्छन् त भन्ने प्रश्न आइरहेको छ । बारम्बार अपडेट हुने र नयाँ फिचरसहित आउने सेक्युरिटी सोलुसन्सले मात्रै तपाईंलाई सुरक्षाको अनूभुति दिन सक्छन् । 

क्यासपरस्की सोलुसन्स एक उत्तम अवसर बन्न सकिरहेको छ, जसले हरेक दिन ३,४६,००० नया मालिसियसहरुलाई डिटेक्ट गरिरहेको छ । यसका प्रडक्ट ७२६ मिलियन प्रयोगकर्ताले प्रयोग गरिरहेका छन् । क्यासपरस्कीको सबल पक्ष नै यही हो कि यो निरन्तर अपडेट भइरहेको छ । नयाँ नयाँ सेक्युरिटी रिस्कहरुलाई कम गर्ने गरी फिचरहरु अपग्रेड गरिरहेको छ । यही सेरोफेरोमा क्यासपरस्की २०२० भर्जन नयाँ अपडेटहरु सहित आउने तयारीमा छ ।

नेपालमा सागर ग्रुपले सन् २००८ देखि क्यासपरस्काईका प्रडक्टहरु वि    क्री वितरण गर्दै आएको छ । हालै एक कार्यक्रम गरी सागर ग्रुपले क्यासपरस्कीको फस्ट लुकको बारेमा जानकारी दियो ।

ग्राहकका लागि मुख्य प्रडक्टहरुमा क्यासपरस्की एन्टिभाइरस, क्यासपरस्की इन्टरनेट सेक्युरिटी (विन्डोज, एन्ड्रोइड र म्याकका लागि), क्यासपरस्की इन्टरनेट सेक्युरिटी एन्ड्रोइड, क्यास्परस्की टोटल सेक्युरिटी र क्यास्परस्की सेक्युरिटी क्लाउड रहेका छन् । यी सबै प्रडक्टका २०२० भर्सनहरुमा नयाँ फिचर र अपडेटहरु राखिएको छ, जसले सुरक्षित डिजिटल विश्व बनाउन सहयोग गर्नेछन् ।

  • विभिन्न किसिमका थ्रेटहरु आइरहेका छन्, जसका लागि विशेष तरिकाले बनाइएको प्रडक्ट चाहिन्छ । कास्परस्कीले यस पटक नेटवर्क एक्प्लोइट विरुद्धको सुरक्षा ल्याएको छ । नेटवर्कमा खतरानाक भाइरसहरुको आक्रमणलाई यसले रोक्ने छ । 
  • यसले RATs अर्थात् रिमोट एक्सेस टुल्स ल्याएको छ, जसबाट ग्राहकले रिमोटको सहायतले साइबर अपराधीले आक्रमणको प्रयास गर्ने बित्तिकै आफ्नो सिस्टम प्रोटेक्ट गर्न सक्छन् । यो सर्भिस क्यास्परस्की २०२० मा डिफल्ट रहने छ । 
  • साइबर अपराधीले सिस्टममा आक्रमण गर्ने सामान्य तरिकाको कुरा गर्दा विभिन्न प्रोग्रामहरु (जस्तै माइक्रोसफ्ट अफिस) आदिमा धेरै भल्नेरिाबिलिटीहरु रहन्छन् । नयाँ संस्करणको कास्परस्कीमा यससम्बन्धी प्रोटेक्सनलाई विशेष प्राथमिकता दिइएको छ । 
  • अहिले क्लाउड स्टोरेजको बढ्दो प्रयोग छ । यसर्थ क्लाउड प्रोटेक्सनबारे पनि सोच्नपर्ने बेला आएको छ । क्यासपरस्कीले वानड्राइभका लागि मालवेयर स्क्यान गर्न सुरु गरिसकेको छ ।
  • क्यासपरस्की प्रडक्ट र यसको सर्भिर(नेटवर्क, लाइसेन्सिङ वा अपडेट सर्भर) बीचको सबै कम्युनिकेशन इनक्रिप्टेड भएका छन् । 
  • अन्ततः क्यासपरस्की २०२० ले टु फ्याक्टर अथेन्टिकेशन थपेकोृ छ ।
  • म्याक युजरका लागि डार्क थिम थपिएको छ । सेफ मनी फिचरहरुमा नयाँ अपडेटहरु थपिएको छ भने प्रयोगकर्ताले अब अटोमेटिक रुपमा मालवेयरका लागि एक्स्टर्नल स्टोरेज डिभाइसहरु स्क्यान गर्न सक्छन् । 
  • एन्ड्रोइडका लागि क्यासपरस्की सेक्युरिटी क्लाउड प्रडक्टमा नयाँ फिचर परमिसन चेकर राखिएको छ । यसले इन्स्टल भएका एपहरुमा काम गर्दछ र गलत स्रोतबाट आउने एपहरुलाई बन्द गर्न सहयोग गर्छ । 

Outstanding Features
Security: Defends against viruses, ransomware (crypto lockers) and other threats
Performance: Protects without slowing you down
Simplicity: Simplifies security easy to set up and use
Privacy: Stops spies hijacking your webcam and hides your browsing activity plus blocks phishing scams.

Safe Money: Launches and encrypted browser to protect your online payments with bank-grade encryption on PC and Mac
PC, Mac, and Mobile: Secures whatever devices you use in any combination
Safe Kids: Includes a corrupt content blocker, GPS tracker and ore to help protect your kids using advanced parental control
Password Manager: Manages and securely stores all your passwords, images of personal documents and syncs them for easy access from PC, Mac, and mobile using secure digital vault with a single master password. File Protection: Backs up your precious photos, music, and files on PC

For more information: [email protected]

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा