सोमबार, ७ फाल्गुण, २०७४
Monday, 19 February, 2018

कुलप्याडको मिडरेन्ज स्मार्टफोन कुलप्ले ६ अब नेपाली बजारमा

केहि समयको अन्तरालपछि नेपालमा कुलप्याडले नयाँ स्मार्टफोन कुलप्ले ६ सार्वजनिक गरेको छ । कुलप्याड स्मार्टफोनको नेपालको लागि आधिकारिक बिक्रेता जयमा इन्टरकन्टिनेन्टलले कुलप्याडको उक्त नयाँ मोडल सार्बजनिक गरेको हो । नेपालमा भित्रिएको एकबर्षमै यो कुलप्याड ब्राण्ड निकै लोकप्रिय बनिसकेको छ ।

कुलप्याडको कुलप्ले ६ को फिचरको बारेमा कुरा गर्दा यसमा (१०८०x१९८०) पिक्सेल सहित को ५.५ इन्च फुल एचडी डिस्प्ले स्क्रिन रहेको छ । कुल प्ले ६ का प्राय: फिचरहरु कुलप्ले १ सँग मेल खान्छ । यो डीभाइसमा ओक्टाकोर क्वालकम स्न्यापड्रागन ६५३ प्रोसेसर र १.८ जीएचजेड क्लक स्पिड रहेको छ ।

नयाँ स्मार्टफोन कुलप्याड कुलप्ले ६ मा ६ जीबी र्याम रहेको छ र ६४ जीबी रोम रहेको छ,यसलाई एसडी कार्डको मद्दतले अझ बढाउन पनि सकिन्छ ।

यसका साथै यो डिभाइसमा एन्ड्रोइड ७.१.१ नोगात भर्जन भएको कारण यसको पर्फर्मेन्स उच्चस्तरको रहने छ । साथै कुलप्ले ६ का प्रयोगकर्तालाई कुलप्याडले एन्ड्रोइड ८.० ओरियो अपग्रेड समेत दिने छ ।

 

कुलप्याडको नयाँ कुल प्ले ६ मा  क्यामेराको कुरा गर्दा एफ/२.० एपर्चर सहितको १३ मेगपिक्सेलको डुअल रियर फेसीङ क्यामेरा रहेको छ । यो क्यामेरामा डुअल टोन एलइडी फ्ल्याश रहेको छ,भने यसबाट फोरके भिडियो शुट गर्न सकिन्छ ।

त्यस्तै एफ/२.२ एपर्चरको ८ मेगपिक्सेलको फ्रन्ट फेसिङ क्यामेरा रहेको छ । तसर्थ,कुलप्ले ६ को क्यामेराबाट ग्रुप फोटो भिडियो तथा सेल्फीको गुणस्तरिय अनुभव प्राप्त गर्न सकिन्छ ।

नेपालमा नयाँ लन्च भएको कुलप्ले ६ को नेपाली बजार मूल्य रु ३१ हजार ९ सय ९६ रहेको छ । यसमा युएसबि टाइप-सी कनेक्टिभिटी हुनुका साथै रियर माउन्टेड फिंगरप्रिन्ट सेन्सर समेत रहेको छ ।

फोटो भिडीयो तथा मल्टीमिडिया प्रयोग गर्न धेरै समय सम्म ब्याट्री ब्याकअप प्रदान गर्नका लागि यसमा ४०६० एमएचको नन् रेमुभेवल ब्याट्रीको प्रयोग गरिएको छ । नयाँ कुल प्ले ६ ले नेपाली बजारमा अन्य ब्राण्डका मिड-रेन्ज फोनहरु सँग प्रतिस्पर्धा गर्ने छ ।

 

 

  

   

 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा