शनिबार, ५ श्रावण, २०७५
Saturday, 21 July, 2018

प्रहरीलाई जनतासँग जोड्ने 'डाक्टर' 

राजिब सुब्बा

डा. राजिव सुब्बा नेपाल प्रहरीको सञ्चार निर्देशनालयका प्रमुख हुन् । विसं. २०५२ सालमा प्राविधिकतर्फ प्रहरी निरीक्षकको रुपमा प्रहरी संगठनमा प्रवेश गरेका उनी अहिले प्रहरी नायब महानिरिक्षक (डिआइजी)को रुपमा सेवारत छन् । संगठनमा कुशल वक्ताको छवि बनाएका उनी नेपालको सूचना प्रविधिको विकाससँग पनि प्रत्यक्ष जोडिएका छन् । धेरैलाइ यो कुरा थाहा नहुनसक्छ उनि पूर्व मिस नेपाल माल्भिका शुब्बाका दाई पनि हुन । 


उनले हवाइ विश्वविद्यालय, हवाई, संयुक्त राज्य अमेरिकाबाट कम्युनिकेशन्स एन्ड इन्फर्मेशन साइन्स विषयमा विद्यावारिध गरेका छन् । ‘टेक्नोलोजीबेस्ड पुलिसिङ’ लाई प्राथमिकतामा राखेको बताउने उनी प्रहरी संगठनमा परम्परागत एनालग प्रविधिको सट्टा विभिन्न डिजिटल प्रविधि भित्र्याउने कार्यमा अग्रसर छन् ।


‘नेपाल प्रहरीको मेरुदण्ड भनेकै सञ्चार प्रणाली हो । पुलिसिङमा सूचना सम्प्रेषण, सूचना विश्लेषण र सूचना संकलन महत्वपूर्ण कार्य हुन् । यसकारण प्रहरीले सूचना व्यवस्थापन गर्न सुरु गरेको आकाशवाणी शाखा अहिले सञ्चार निर्देशनालयको रुपमा नेपालभरी ३७ सय ६२ दरबन्दीमा रहेर प्रहरी कर्मचारी कार्यरत छन्,’ उनले भने, ‘सञ्चार निर्देशनालयमार्फत् प्रभावकारी पुलिसिगंका लागि नेपाल प्रहरीले पर्याप्त रुपमा आधुनिक डिजिटल प्रविधिको प्रयोग गरिरहेको छ ।’ 

डाक्टर बन्नुअघिका इन्जिनियर
‘मेरो पहाड घर पूर्व ताप्लेजुगं हो । बुवा मानबहादुर सुब्बा नेपाल प्रहरीमै जागिरे हुनुहुनुहुन्थयो । बुवाको जहाँजहाँ सरुवा हुन्थ्यो, परिवार पनि बसाइ सथ्र्यौं । यसकारण मैले विभिन्न ठाउँका सरकारी स्कुलमा पढें,’ उनले जीवनका सुरुवाती दिन सुनाए । बुवाको काठमाडौं बसाईपछि बनस्थली स्कुलमा पढेका राजिबले त्यहीँबाट एसएलसी र आइएस्सी अध्ययन पुरा गरे । 


सानैदेखि रेडियो खोल्ने बिगार्ने गरेकाले उनलाई धेरैले इन्जिनियर बन्छ भन्थे रे । ‘इलेक्टोनिक्स एन्ड कम्युनिकेशन पढ्ने रहर थियो तर त्यतिबेला नेपालमा यसको पढाइ सुरु भइसकेकै थिएन । भर्खरै सिभिल इन्जिनियरिगं सुरु भएको थियो । यसकारण मैले दक्षीण भारतको कर्नाटक युनिभर्सिटीबाट इलेक्टोनिक्स एन्ड कम्युनिकेशन्समा सन् १९९३ मा बिई इन्जिनियरिगं पुरा गरेँ,’ उनले भने । 


इन्जिनियरिगंको दोस्रो वर्ष पढ्दा उनले बवालाई गुमाउनुपर्यो । इन्जिनियरिगं पुरा गरेर नेपाल आएका राजिबलाई परिवारले जागिर नै खान प्रेरित गरिरह्यो । ‘तर त्यतिबेला भनेजस्तो जागिर पाइदैनथ्यो । मैले टेनिग इन्स्टिच्युटहरुमा पढाए । इलेक्नोनिक्स कम्पनीहरुमा पनि केही समय काम गरेँ,’ उनले भने । केही समयपछि दूरसञ्चार संस्थान (हालको नेपाल टेलिकम) मा नाम निकाल्न सफल राजिव त्यहाँ धेरै समय रमाउन सकेनन् । 

 

प्रहरी सेवामा प्रविधि 
अन्यत्र काम गर्दा उनी कहिल्यै सन्तुष्ट रहन सकेनन् । ‘जे काम गरें त्यो मैले सन्तोष गर्न लायक भएनन् । तर जागिर नै गर्नपर्छ भन्ने सोच भने रहिरह्यो’ प्रहरीमा प्रवेशताको सन्दर्भ सुनाउदै उनले भने, ‘दूरसञ्चारमा जागिर छोडेलगत्तै प्राविधिक प्रहरीमा जागिर खुल्यो । यो २०५२ सालको कुरा हो । अन्तर्वार्ता र टेनिगं दुवैमा एक नम्बरमा नाम निकालेकाले समायान्तरमा आफू कमान्डिग पोजिशनमा जान्छु भन्ने लागिसेको थियो ।’ उनी भन्छन्, ‘म साथीभाइसँग कहिलेकाही ठट्टा गर्छु । ५२ सालमा यता लागेछु, उता लागेको भए मन्त्री भइसक्ने रहेछु ।’


संगठनका सुरुवाती दिन सम्झदै उनी भन्छन्, ‘त्यतिबेला नेपाल प्रहरीमा सञ्चार महाशाखा अहिलेजस्तो एडभान्स्ट थिएन । तर, सूचना व्यवस्थापनमा केही नयाँ गर्नुपर्छ भन्ने सोच थियो । त्यतिबेला प्रहरीले कम्प्युटरको प्रयोग गरेकै ५÷७ वर्ष भएको थियो । हामीले नयाँ–नयाँ प्रविधि ल्यायौं । त्यो हेर्दा र अहिले हेर्दा आकाश पातलको फरक भेट्टाउछु ।’


नेपाल प्रहरीले परम्परागत एनालग प्रविधिबाट अहिलेको डिजिटल प्रविधि ल्याउँदा सूचना र सञ्चार व्यवस्थापनमा ठूलो फड्को मारेको दाबी उनको छ । एचएफ प्रविधिदेखि पछिल्लो डिजिटल ट्रकिङसिस्टममा आउँदा हामीले मल्टी टेक्नोलोजीको प्रयोग गरेका छौं र यसले प्रहरीको पहुँच बढाउन भूमिका खेलेको उनको भनाइ छ । ‘हामी कमान्ड बियोन्ड द होराइजन भन्छौं । अर्थात् क्षितिजभन्दा बाहिर पनि हाम्रो कमान्ड हुनुपर्छ भनेर हामीले रेडियो प्रविधिमा आधारित रही नया प्रविधि प्रयोग गरिरहेका छौं,’ उनले भने । 

 

स्तम्भकारदेखि पोलिस मेकरसम्म


विसंं २०५२ मा इन्स्पेक्टरको रुपमा सेवा प्रारम्भ गरेका डा. सुब्बा डिएसपी, एसपी, एसएसपी हुँदै हाल डिआइजीको रुपमा कार्यरत छन् । ‘प्रहरी संगठनमा छिरेपछि यो भन्दा धेरै गर्न सक्छु जस्तो लाग्छ । प्रहरीमा आउनुअघि यो फिलिगं आउथेन । तर अहिले सोच्दा आइ कुल्ड हेभ डन मच बेटर देन ह्वाट एम डुइगं भन्ने लाग्छ,’ उनले सुनाए । उनी थप्छन्, ‘बुवा हुनुहुहुन्थेन । एउटै मानसिकता के थियो भने अब आमालाई थप बोझ दिनुहुन्न ।


घरको जिम्मेवारी अब मैले लिनुपर्छ भन्ने लाग्यो ।’ उनले आफ्नो शिक्षा, मेहनत, अनुभव र ज्ञानका कारण धेरै गर्न सक्ने भएपनि आफू व्यवहारिक रुपमा सक्दो गरिरहेको बताउछन् । उनले प्रहरी संगठनमा रहेर धेरै डिजिटल प्रक्रिया भित्र्याउने प्रयास गरे । तर वरिष्ठ अधिकारीहरु क्तिपय अवस्थामा तयार हुन्थेनन् । प्रहरीमा प्रविधिको लगानी कमजोर छ । बजेट नै कम छ । त्यो प्रविधि थन्ज्निकने् प्रविधि ल्याउने कुरा भएन । यसमा केही अवरोध भयो ।

समयसँगै प्रविधि पनि परिवर्तन भयो । पहिले एचएफ पूर्ण रुपमा एनालगमा थियो, अहिले डिजिटलमा आइसकेको छ । यसबीचमा सबै सक्सेस स्टोरी हुँदैन । 
यही कारण नै उनी प्रहरीमा मात्रै सिमित अन्यत्र काम गरिरहेका छन् । ‘सामान्यतयाः प्रहरी संगठनमा आइसकेपछि सिमामा बाँधिनुपर्छ । तर यो प्रशासन प्रहरीलाई मात्रै लागू हुने रहेछ । प्राविधिक दक्षता एकैठाउमा रहन सक्दैन,’ उनले भने ।

उनले कम्प्युटर एशोसिएसनमा उपाध्यक्षसम्म रहेर काम गरे । सन् २००२ मा योजना आयोगले बनाएको आइटी पोलिसी निर्माणमा उनले पनि योगदान दिए । उनले निजी क्षेत्रमा इलेक्टोनिक टान्जेक्सन एक्टमा पनि सघाउ पुर्याए । साथै उनले काठमाडौं पोस्टमा तीन वर्षसम्म पेज थ्री नामको तीन पेजको साइबर पोस्ट पनि सुरु गरे । ‘बाहिर आबद्ध भएको फाइदा मैले ब्रोड नलेज पाएँ । पोलिसीदेखि वर्कसपमा कसरी काम गरिन्छ भन्ने थाहा पाएँ,’ उनले सुनाए । 

सञ्चार निर्देशनालयललाई परिपक्वता 


प्रहरी प्रधान कार्यालयको सञ्चार निर्देशा्नलया हाँकिरहेका उनी संस्थालाई परिपक्व बनाउने ध्याउन्नमा छन् । निर्देशनालयलाई डिजिटल प्रविधिमा लैजाने अठोट उनको छ । ०६९ सालदेखि काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक र पोखरामा डिजिटल ट्रकिग सिस्टम ल्याएको बताउने उनले आगामी दिनमा ३३ जिल्लामा यो प्रविधि विस्तार हुने जानकारी दिए ।

साथमा पूर्वका केही शहरलाई मेगा सिटी नेटवर्क सिस्टमको रुपमा लैजाने तयारी भएको पनि उनले सुनाए ।
‘एचएफ डाटा कम्युनिेशनलाई डिजिटल कन्भभर्जेन्स मोडलमा लैजाने काम पनि भइरहेको छ । साथै सूचना लेनदेनमा बढ्दो कागजको प्रयोग कम गर्न इन्फर्मेशन सिस्टम ल्याए जसले वार्षिक २० लाख रुपिया घटाएकाा छौं,’ उनले भने । प्रहरीलाई आधुनिकीकरण गर्ने सन्दर्भमा यो वर्ष ७ ओटा स्टेशनमा भिस्याटमा जाने तयारी पनि भइरहेको उनले बताए । 

 

पिएचडी र सोसल मिडिया पुलिसिङ
विश्वका धेरै देशमा सामाजिक सञ्जाल पुलिसिङको महत्त्वपूर्ण साधन बनिसकेको छ । अझ देशमा विपत्ति परेका वेला सामाजिक सञ्जाललाई सुरक्षा निकायले धेरै प्रयोग गर्दै आएका छन् । ०७२ सालमा नेपालमा आएको महाभूकम्पको वेला बिहानदेखि बेलुकासम्मै सामाजिक सञ्जालमा सक्रियता देखाएर विपत्मा परेका सर्वसाधारणलाई सहज रूपमा सहयोग गरी प्रहरीले प्रशंसा कमायो । र, यसको श्रेय डा. सुब्बालाई नै जान्छ । 


उनले आफ्नो पिएचडी पनि सोसल मिडिया र विपत् व्यवस्थापनसम्बन्धी गरेका थिए । ‘अमेरिकामा बसेर तयार पारेका रिसर्च पेपरहरु दिमागमा घुम्न थाले । मेरै अग्रसरतामा सूचना संकलन र सम्प्रेषणका लागि नेपाल प्रहरीको फेसबुकको प्रयोग गर्नेदेखि एसएमएस प्रणालीको प्रयोग गर्ने र ट्वीटर एकाउन्ट खोली सूचना संकलन गर्ने काम सुरु गरियो,’ उनले सुनाए । 


भूकम्पमा प्रहरीले गरेको यो कामले राम्रो माइलेज पायो । प्रहरीको रेस्पोन्स राम्रो भयो । उनले एसएमएस, फेसबुक र ट्वीटरको प्रयोग गरी भूकम्पको समयमा प्रभावकारी रुपमा प्रहरीलाई जनतासँग जोड्ने काम गरे । भूकम्पका बेला ’क्विक रेस्पोस्स’का लागि ट्विटर लगायतका सामाजिक सञ्जाल प्रभावकारी सञ्चालन गरेका उनले नेपाल प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्धन पुरस्कार प्राप्त गरे । 


डा. सुब्बाले पुरस्कारको ५० प्रतिशत रकम भूकम्पबाट पीडित प्रहरी कर्मचारीहरूका लागि नेपाल प्रहरीद्वारा स्थापित प्रकोप पीडित प्रहरी सन्तति छात्रवृत्ति अक्षयकोषमा जम्मा गरेका छन् । उनले क्राउडसोर्सिगबाट सूचना संकलन गर्ने र रेस्पोन्स टिम बाहिर पठाउने काम गरे ।

 

प्राध्यापन दैनिकी
हाल उनी किगस कलेजमा प्राध्यापन गर्छन् । लिड फ्याकल्टीको रुपमा उनले कलेजमा अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीको एमआइएस, अगर्नाजेशनसल  लिडरसिप र नलेज म्यानेजमेन्ट विषय पढाउछन् । विद्यावारिधी गरेपछि आफ्नो अनुभव विद्यार्थीलाई साट्न पाउदा उनी निकै खुसी छन् । यसबाट र विद्यार्थीहरुबाट पनि सिक्ने मौका पाएको उनी सुनाउछन् । 

 

शिक्षामैत्री परिवार 
आमा शशीकलालाई आफ्नो प्रेरणाको स्रोत मान्छन् डा. सुब्बा ।  सुब्बा पेशाले नर्स हुनुहुन्थ्यो । आफ्ना सन्ताको भविष्य उज्ज्यल बनाउन एक आमाको भूमिका महत्वपूर्ण हुने उनी बताउछन् । ‘म विशेषगरी आमाको त्याग र समपर्णलाई सम्झन्छु । मेरो परिवारमा आइरन लेडी हो मेरी आमा । केही गर्नपर्छ भन्ने सोच थियो उहाँमा ।

उहाले ४० वर्षको उमेरमा ब्याचलर र ६० वर्षको उमेरमा मास्टर्स डिग्री गर्नुभएको थियो । परिवार हेर्ने, पढ्ने, काम गर्ने सबै काम गर्नुभयो,’ उनले भने । उनी श्रीमती, एक छोरी र एक छोरासहित आमासग बनस्थलीको घरमा बस्दै आएका छन् । 


जीवन र सफलता
जीवनमा मानिसले सफलताको कुरा धेरै गर्छ । तर, मानिसले आफ्नो असफलताबाट सिक्न सक्यो भने सफल पक्कै भइन्छ भन्ने लाग्छ । युएन मिशनमा गएका साथीहरुले घर जग्गा जोडे । मैले त्यो पैसा खर्च गरेर केयुमा मास्टर गरे । गर्दै जादा असफल भइन्छ । ‘सफलता भनेको केही चिज पाउनु मात्रै होइन, केही सिक्नु पनि हो भन्ने लाग्छ । प्राथमिकतामा के राख्ने भन्ने विषयमा आफू स्पस्ट हुपुपर्छ,’ उनी भन्छन् । 

 

प्रविधिमा यथार्थपरक नीतिको खाँचो

वर्तमान आइटी क्षेत्रको अवस्थाका बारेमा उनी भन्छन्, ‘आइटीमा इन्डस्टीमा हामीले जति गर्न सक्थ्यौं, त्यति गर्न सकिरहेका छैनौं । पछिल्लो केही वर्षमा विकास भएको फिनटेक उद्योग हो । यसले केही आशा जगाएको छ ।’ बिपिओ, आउटसोर्सिगमा कामहरु भएपनि राष्टको आम्दानीमा यसले योगदान दिन नसकेकको बताउने उनले न्यूनतम स्रोत साधनबाट केही आशलाग्दा कामहरु भएकोमा सकारात्मक छन् । नेपालको परिप्रेक्ष्यमा यथार्थपरक नीति ल्याई त्यसको कार्यान्वयन गर्नुपर्ने मत उनको छ । 

 

बि प्रिपेड फर समथिगं न्यु
‘आइटी फिल्डमा नआउनु, आइसकेपछि हिम्मत नहार्नु,’ उनी भन्छन्, ‘नेपालमा आइटी क्षेत्रमा कमाइ कम छ, विदेश जानुभयो भने संघर्ष गर्न गाहे छ । समयसन्दर्भमा आफूलाई ग्रो गर्न सके नै आइटी क्षेत्रमा अब्बल हुन सकिन्छ ।’ उनले आइटी आफैंमा परिवर्तनशील क्षेत्र भएकाले समयअनुसार विभिन्न सिप र क्षमता हासिल गर्न सक्नेले नै सफलता प्राप्त गर्न सक्ने धारणा राख्छन् । ‘आइटीमा अहिले पढिरहेको विषयमा ५ वर्षपछि जागिर नै हुँदैन । यसकारण बि प्रिपेड फर समथिगं न्यु,’ उनले थपे । 

शब्द - शिब बस्नेत , तस्बिर - बिशाल राइ 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा