शनिबार, ९ असार, २०७५
Saturday, 23 June, 2018

आइटी पार्कमा ‘आइटी मेला २०१८’ आयोजना हुदै, दर्जन बढी कार्यक्रम हुने

आइटी मीट २०१८ ,यहि २०१८ को जनवरी ५ र ६ मा काभ्रेको आइटी पार्कमा आयोजना हुने भएको छ । उक्त मेला  काठमाण्डौ युनीभर्सिटी कम्प्युटर क्लबले (केयुसीसी) ले  आयोजना गर्न लागेको हो ।

काठमाण्डौ युनीभर्सिटीका  बिद्यार्थीहरुद्वारा आइटी क्षेत्रलाई  सशक्त बनाउने उद्देश्यले  संचालित एउटा  स्वतन्त्र संस्था नै काठमाण्डौ युनीभर्सिटी कम्प्युटर क्लब(केयुसीसी) हो । यो संस्थाको आधिकारिक स्थापना केहि उत्साही बिद्यार्थीहरुको समुहद्वारा सन् १९९७ मा भएको थियो । यो क्लब काठमाण्डौ युनीभर्सिटीमा निकै प्रख्यात रहेको छ ।

बिभिन्न टेक्नोलोजीको खोज तथा बिकाशको क्रम अघि बढाउनका लागि बिद्यार्थीहरुलाई सहयोग पुर्याउने उद्देश्य लिएको केयुसीसीले प्रत्येक वर्ष टेक्नोलोजी सम्बन्धि प्रतिष्पर्धात्मक कार्यक्रम लगायत अन्य  सेमिनार,प्रदर्शनी तथा शिप विकास जस्ता कार्यक्रमहरु आयोजना गर्ने गर्दछ ।

बिस्तारै अगाढी बढ्दै गरेको प्रबिधिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्नका लागि यस्ता कार्यक्रमहरु आयोजना हुने गरेको छ । केयुसीसीले आईसीटिको फिल्डमा काम गरेको लगभग बिस बर्ष  भैसकेको छ । कम्प्युटर साइन्स तथा इन्जीनियरिंगको क्षेत्रमा केयुसीसीका १००० भन्दा धेरै सदस्यहरु रहेका छन् ।

यिनै सदस्य तथा अनुभवी प्रोफेसरहरुको संलग्नतामा क्लबले प्रत्येक बर्ष विभिन्न कार्यक्रमहरु आयोजना गर्ने गर्दछ । त्यस्तै क्लबले धेरै प्रोजेक्ट तथा वर्कशपका लागि भने अन्य इन्स्टिच्युटहरुसंग  सहकार्य गर्ने गर्दछ ।

आइटी मीट २०१८ आयोजनाका महत्त्व :

प्रत्येक बर्ष आयोजना हुने आइटी मेलाको प्रबिधिको क्षेत्रमा काम गरिरहेका व्यक्ति तथा संस्थाहरुका लागि धेरै महत्त्व छ ।

आइटीमेलामा ह्याकथन,क्वीज कन्टेस्ट,करियर मेला तथा रोबोटिक्स इभेन्ट जस्ता धेरै कार्यक्रमहरु छन् । जसले बिद्यार्थीहरुलाई प्रबिधि को क्षेत्रमाखोज तथा विकासका गर्न लागि अभिप्रेरित गर्ने गर्दछ ।

साथमा प्रतिस्पर्धात्मक कार्यक्रममा पुरस्कारको व्यवस्थाले उनिहरुलाई अझ बढी काम गर्ने हौसला पनि मिल्नेछ ।

आइटी मेला आयोजनाका उद्देश्यहरु  :

  • मेलामा सहभागीहरुको टिम वर्क ,कम्युनिकेशन तथा व्यवशायिक शिपको विकास गर्न ।

  • सहभागी हुने सम्पूर्ण व्यक्तिहरुलाई आइटी क्षेत्रको बारेमा तथा नयाँ विकसित प्रबिधिको बारेमा जानकारी प्रदान गर्न ।

  • बिद्यार्थीहरुद्वारा बनाईएका सफ्टवेयर तथा हार्डवेयरका प्रडक्टहरुलाई राष्ट्रिय स्तरको पहुँच प्रदान गर्न ।

  • इन्टरटेनमेन्टका लागि प्रयोग भएको प्रबिधिको प्रदर्शन तथा प्रचार गर्न ।

  • वर्तमान नेपालमा आईटीको विकास र भविष्यको सम्भावना प्रतिबिम्बित गर्न।

 

आइटी मीट २०१८ का मुख्य आकर्षणहरु:

सफ्टवेयर कम्पिटिसन :

यो कार्यक्रम  सफ्टवेयर प्रति लगाब भएका व्यक्तिहरु प्रति लक्षित छ ।यदि कोहिसँग सफ्टवेयर प्रडक्ट छ भने उनीहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन् ।

यस कार्यक्रम मार्फत उक्त प्रडक्टले प्राबिधिक दर्शक पाउनुका साथै केहि कमि कमजोरी भएमा सुधारका लागि सल्लाह सुझाब पनि पाउने छन् । साथै यो प्रतियोगितामा बिजेताको लागि पुरस्कारको पनि ब्यबस्था गरिएको छ ।

प्रोजेक्ट डेमोन्स्ट्रेसन :

यो ईभेंटमा बिद्यार्थीहरुलाई आफ्नो प्रोजेक्ट भिजिटरहरुको माझमा प्रस्तुत गर्ने अवसर प्रदान गरिन्छ । हार्डवेयर तथा सफ्ट वेयर दुवै प्रोजेक्टहरु यहाँ प्रदर्शन गराईन्छ । यहाँ बिद्यार्थीहरुले सल्लाह तथा सुझाब प्राप्त गर्ने सुनौलो मौका पाउनेछन् ।

गुगलिंङ :

यो इभेन्टमा, सहभागिहरुलाई प्रोब्लेम दिइन्छ र प्रतिस्पर्धीहरुले  सोलुसनको लागि गुगलको प्रयोग गर्नु पर्ने हुन्छ । जसले दिइएको छोटो समयमानै प्रोब्लेम को सोलुसन पत्ता लागाउँछ ऊ  उक्त प्रतियोगिताको बिजयी हुनेछ र बिजेतालाई आकर्षक उपहार प्रदान गरिने छ ।

ह्याकथन :

यहाँ ४० घण्टाको समय अवधिमा डेभलपरहरुले केहि डेभलप गरेर देखाउनु पर्ने हुन्छ । यसका लागि सहभागीहरुलाई निश्चित ठाउँ तथा इन्टरनेट कनेक्सन पनि दिइन्छ । सहभागीहरुलाई एउटा थिम प्रदान गरिन्छ र त्यसैको आधारमा तोकिएको २ दिनको अवधिमा उनिहरुले प्रोजेक्ट प्रोपोजल प्रस्तुत गर्नु पर्ने हुन्छ ।

यसका लागि सहभागीहरुलाई खानाको ब्यबस्था पनि गरिएको छ ।अन्त्यमा जजको प्यानलले प्रतिस्पर्धीको क्रियेटिभिटी तथा अन्य कुराहरुको आधारमा बिजेत़ाको घोसणा गर्ने छन् ।

साइबर गेमिंग कम्पिटिसन :

आइटी मेला २०१८ सबै गेमरलाई एकतृत गरेर खुला प्रतियोगिता गराउने केन्द्र बन्नेछ । साइबर गेमिंग कल्चरलाई प्रोत्साहन गर्नका लागि यो कम्पिटिसन आयोजना गरिएको हो । त्यस्तै बिजेताहरुलाई क्याश प्राइजको व्यबस्था गरिनेछ ।

डीजाइनिंग कम्पिटिसन:

यो कम्पिटिसन एउटा थिम सँगको क्रिएटिभिटिको आधारमा हुन्छ । बेस्ट डीजाइनलाई बिजेताको रुपमा छानिन्छ । सहभागीहरुले डीजाइनिंगको लागि डीजाइनिंग ल्यांग्वेज अथवा फोटोसपको पनि प्रयोग गर्न सक्नेछन् ।

कोडिंग कम्पिटिसन:

यो कम्पिटिसनमा प्रतिस्पर्धीहरुलाई प्रोग्रामिंग प्रब्लम दिइन्छ र लिमिटेड टायम भित्र आफ्नो च्वाइसको प्रोग्रामिंग ल्यांग्वेजको प्रयोग गरेर त्यो प्रब्लम सल्भ गर्नु पर्ने हुन्छ । सबैभन्दा पहिले प्रब्लम सल्भ गर्ने प्रतिस्पर्धीलाई पुरस्कार प्रदान गरिने छ ।

करियर फेयर :

आइटी मीट २०१८ मा करियर फेयर पनि समाबेश गरिएको छ । क्षमता भएका व्यक्तिहरु र उनीहरुले काम गर्न चाहेको जस्तो कम्पनिको एक आपसमा अन्तरक्रिया गराउनु यसको मुख्य उद्देश्य हो ।

त्यस्तै कम्पनिका लागि बिद्यार्थीहरु संग प्रत्यक्ष भेटेर उनीहरुको अपेक्षा तथा अनुभबको बारेमा कुरा गर्न सक्ने एउटा सुनौलो मौका पनि हो ।

डेभलपर्स मीट :

यो इभेन्टले धेरै प्रोग्रामिंग इनभारोमेंटमा काम गर्ने  व्यवसायीक व्यक्ति तथा बिद्यार्थीहरुलाई फोकस गर्दछ ।

यो सेमिनारमा धेरै क्षेत्रका व्यवसायीक व्यक्ति तथा आइटी एक्सपर्टले आ-आफ्ना आइडिया तथा अनुभबहरु बाँड्ने गर्छन । यसकारण यहाँ सहभागीहरुले इन्डस्ट्री र एकाडेमी  सम्बन्धि ज्ञान लिने मौका  प्राप्त गर्दछन् ।

यी लगायत आइटी क्विज कम्पिटिसन,फोटोग्राफी कन्टेस्ट जस्ता  धेरै इभेन्टहरु आइटि मिट २०१८ मा रहनेछन् । यसकारण आइटी मेला २०१८ कम्प्युटर  बिज्ञान तथा इन्जीनियरिंगका  बिद्यार्थीहरुका लागि अत्यन्तै लाभदायक छ ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा