मंगलबार, २ असोज, २०७५
Tuesday, 18 September, 2018

अपाङ्गको पहुँचबाहिर 'सूचना प्रविधि' 


शिब बस्नेत

मार्च १४ । विश्वले भौतिक विज्ञानका महान् वैज्ञानिक स्टेफन हकिगंको भौतिक शरीर गुमाएको दिन । आफ्नो जीवन नै ब्रम्हाण्डको खोज अुनसन्धानमा बिताएका हकिङ २१ वर्षकै उमेरमा ‘मोटर न्युरोन’ नामको रोगबाट शिकार भए । डाक्टरहरुले उनलाई २ वर्ष मात्रै बाँच्ने आशा गरेका थिए । रोगकै कारण शरीरका अंगहरु नचल्ने भए । सिङ्गो स्नायु प्रणालीमा नै रोगले आक्रमण गर्यो ।

हिँडडुल, बोलचाल गर्न नसक्ने भए । आफ्नो शरीर नचलेर के भो त ! एकपछि अर्को गर्दै आफ्नो दिमागी क्षमतालाई विश्वसामु फैलाउन हकिङ सफल भए । हकिगंको यो अद्भूत क्षमतालाई संसारले चिन्यो । हकिगं यसरी सफल हुनुमा मुख्यतः प्रविधिकै हात थियो । ह्विलचेयरबाट हिँडडुल गर्नदेखि आफ्ना कुरा अरुलाई सुनाउन उनी विभिन्न सफ्टवेयरको सहारा लिन्थे । 


हकिगं एउटा यस्ता उदाहरण हुन्, जसले प्रविधिमार्फत् विश्वकै विज्ञान युग हाँके । शारीररिक रुपमा अपागंता भएका व्यक्तिहरुले दैनिक जीवनमा मात्रै होइन, व्यापार, व्यवसाय, रोजगारी तथा अन्य विभिन्न कामहरु सपागं व्यक्तिहरुले जत्तिकै गर्न सकेका छन् । आज विश्वमा कुल जनसंख्याको १५ प्रतिशत अपागंता भएका व्यक्तिहरु छन् ।

‘आज एसेस्टिभ टेक्नोलोजीकै प्रयोगले शारीरक रुपमा अपागं भएका व्यक्तिहरुले असाधारण काम गर्न सकेको उदाहरण हामीसँग प्रशस्तै छ,’ राष्टिय अपागं महासंघका पुर्व अध्यक्ष डा. विरेन्द्रराज पोखरेल भन्छन् । ‘इच्छा र जाँगर हुनुपर्छ । प्रविधिको पहुँचमा हुनेहरु परनिर्भर हुनुपर्दैन,’ पूर्ण दस्टिविहीन रहेका उनले भने, ‘प्रविधिले दैनिकीमै आमूल परिवर्तन ल्याइदिएको छ । हिजोसम्म घरमै सिमित अपागंता भएका व्यक्तिलाई परिवारले बोझको रुपले लिन्थे । अहिले अपागंहरुलाई सजिलो हुने गरी आइटीका डिभाइस आएका छन्, जसले उनीहरुको जीवनस्तर मात्रै उकासेको छैन, उदाहरणीय कामहरु पनि गरिरहेका छन् ।’


शारीरिक रुपमा अपागंता भएका व्यक्तिहरुलाई प्रविधिमा समान पहुँच र अधिकार दिने अभ्यास विश्वभर भइरहेको छ । ‘हाम्रा लागि ‘भगवान’ले गर्न नसक्ने काम अहिले प्रविधिले गररहेको छ,’ नेपाल नेत्रहिन संघअन्तर्गत आइसिटी कमिटीका प्रमुख खोमराज शर्माले भने । विकासित मुलुकहरुमा उनीहरुले प्रविधिको प्रयोग मात्रै गर्दैनन्, आफै सफ्टेवयर डेभलपर, डिजाइन पनि गर्ने गरेका शर्मा बताउँछन् । सेतो छडीमा हो या आफूले लगाउने जुत्ता र चस्मा, जहाँ ट्रायक गर्ने, भाइब्रेट गर्ने टेक फिचरहरु समाहित गरिएको छ जसबाट वरिपिरीका अप्ब्स्ट्याकललाई समाधान गर्न सकिन्छ । साथमा अमेरिकामा दृस्टिविहीनले नै ड्राइभरलेस कारको प्रयोगमा ल्याइसकेका छन् । उनीहरुले हरेक किसिमका अनलाइनका कामहरु ग्र्न सक्छन् ।


नेपालमा पनि आँखा नदेख्ने वा कम देख्नेहरुका लागि स्किृन रिडर सफ्टवेयर, स्पिच टु टेक्स्ट, नेपाली ओसिआर तथा एक्सेसिबल वेबसाइट र कन्टेन्टको प्रयोग हुन थालेको देखिन्छ ।  त्यस्तै आइसिटीमार्फत् बहिराहरुले चित्र हेरेर, न्यारेशन पढेर वा अन्य सांकेतिक भाषाहरुमार्फत् सञ्चार गर्न, पढ्न र अन्य काम गर्न सक्छन् । प्यारालाइसिस भएर शरीर नचल्ने व्यक्तिहरुले भ्वाइस सिन्थेसाइजर आफ्ना कुरा राख्न सक्छन् ।

वैशाखी टेकेर हिँडडुल गर्नुपर्ने व्यक्तिका लागि इलेक्ट्रोनिक ह्विलचेयरसमेको विकास भएको छ । यसर्थ हामीले कल्पनै गर्न नसक्ने गरी अपागंता भएका व्यक्तिहरुका लागि प्रविधिहरुको विकास र प्रयोग हुने क्रम बढेको छ । यसले मानिसहरुमा काम र क्षमताका हिसाबमा कुनै भिन्नता रहेको छैन । 
 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा