शुक्रबार, ३० कार्तिक, २०७५
Friday, 16 November, 2018

विराटनगरमा ‘आइसिटी एक्स्पो २०१८’ आयोजना हुने, स्टल बुकिङ खुला

विराटनगर । एजुकेशन, टेक्नोलोजी र इन्नोभेसनको नारासहित विराटनगरमा पहिलोपटक ‘आइसिटी एक्स्पो २०१८’ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीको आयोजनामा विराटनगरस्थित जैन भवनमा हुने एक्स्पो आगामी पुस ६ गतेदेखि १० गतेसम्म हुने छ ।

आज विराटनगरमा अायाेजित पत्रकार सम्मेलनमा प्रदेश नं. १ को प्रमुख शहर विराटनगरलाई सूचना प्रविधिको गन्तव्य बनाउने उदेश्ले एक्स्पो गर्न लागिएको जानकारी दिइयो ।

आइसिटेक मिडिया प्रालिका प्रबन्ध निर्देशक एवं एक्स्पो आयोजक समितिका अध्यक्ष राजन लम्सालले एक्स्पोमा सूचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कारहरु, प्रडक्ट र सेवाहरु प्रदर्शनीमा रहने जानकारी दिए । उनका अनुसार एक्स्पोमा आइटी शिक्षा, ज्ञान, आविस्कार र उद्यमशिलताको प्रवद्र्धन गरिनेछ । 

एक्स्पाेमा १ सयभन्दा बढि स्टलहरु रहनेछन । प्रदेश १ का सूचना प्रविधिमा कार्यरत कम्पनी, कलेज तथा सस्थाहरु सहित काठमाण्डौबाट अन्तराष्ट्रिय प्रडक्ट तथा ब्राण्डको प्रदर्शनीमा सहभागिता रहनेछ ।

५० प्रतिशत कर्मशियल आइटी प्रडक्ट तथा सेवाहरुको स्टल रहनेछन भने ५० प्रतिशत स्टलहरु आइटी शिक्षा, इनोभेसन, स्टार्टअप, रोबोट, गेमिङ जोन सहितका साइन्स एक्जिविसनमा केन्द्रित हुनेछन । कमर्शियल स्टलहरुमा स्मार्ट प्रविधि, ल्यापटप, ग्याजेट्स, इन्टरनेट, सेक्युरिटी प्रडक्टहरुसँगै सफ्टवेयर, एप्लिकेशनहरु रहनेछन ।

नयाँ प्रविधिहरुको विशेष प्रदर्शनी हुने यस एक्स्पोमा स्थानिय आइटी स्टार्टअप तथा उद्यमशिलतालाई प्रवद्धन गर्न ५ वटा स्टल निशुल्क उपलब्ध गराइनेछ । यसको लागि स्टार्टअप कम्पनीहरुले अनलाइन आवेदन दिन सक्नेछन ।  

नेपालमा प्रविधि क्षेत्रकै सबैभन्दा ठूलो आइसिटी अवार्डसमेत आयोजना गरिरहेको लिभिङ विथ आइसिटीले विगत ७ वर्षदेखि सूचना प्रविधिमा आधारित म्यागजिन प्रकाशन गरिरहेको छ । विराटनगरबाटै शुरु भएको सूचना प्रविधि क्षेत्रमा लिभिङ विथ आइसिटी सचेतना अभियान अब प्रदर्शनीमार्फत अझ बृहत हुनेछ । 

उक्त अवसरमा स्थानिय निकायहरुलाइ समेटेर डिजिटल गभर्नेन्स र स्मार्ट सिटी सम्बन्धी वर्कसप, कन्फ्रेन्स समेत सञ्चालन हुनेछन् । एक्स्पोमा आइसिटी अवार्डका विजेताहरुले समेत नयाँ प्रविधिहरुको प्रदर्शन गर्नेछन । काठमाण्डाैंसहित प्रदेश १ र २ का २ लाखभन्दा बढिले उक्त प्रदर्शनीको अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ । 

एक्स्पोमा आजैदेखि स्टल तथा स्पोन्सर बुकिङ खुल्ला गरिएको छ । यसको लागि आधिकारिक वेबसाइट  www.ictexpo.org मा गई बुकिङ गर्न सकिनेछ ।  

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा