शुक्रबार, ३० कार्तिक, २०७५
Friday, 16 November, 2018

दोस्रो पटक दाङमा “डेभफेष्ट २०१८” आयोजना हुदै

यही २०७५ साल कार्तिक २५ गते आईतबार दाङमा डेभफेष्ट २०१८ हुने भएको छ । यो इभेन्टलाई गुगल डेभलबरसको कम्यूनिटिमा ठूलो इभेन्को रुपमा लिइन्छ ।


 यस इभेन्टमा स्पिकर सेसन, प्रोडक इफोमेसन, ह्याकथन, वर्कसप, कोड ल्याबस सहित अन्य विविध कुराहरु यसमा हुने छ । हरेक वर्ष डेभफेष्ट इभेन्टमा आइडिया, ज्ञान र टेक्नोलोजी एक्सेन्ज  गरी विभिन्न ठाउँहरु इो इभेन्ट भई सकेको छ । नलेज दिने र लिनेको लागी यो एक ठूलो कार्यक्रम रहेको छ ।


गएको वर्षहरुमा भएको डेभफेष्टको सफलता पछि यस वर्ष गुगल डेभलबरस गु्रप दाङले “डिजिटल दाङ” थिम सहित यो कार्यक्रम गर्ने भएको हो । यो कार्यक्रम कार्तिक २५ गते होटेल ढोकोमा  बिहान १० बजे देखि ५ बजे सम्म हुने छ ।

कार्यक्रमको सुरुवात विविध विषयमा रहेर किनोट सेसन, आर्टिफिसल इन्टेलीजेन्सी वर्कसप, विषयमा मेसिन लर्निङ साथमा प्रिजेन्टेशन र टेक्नो टकबाट सुरुहुने छ । वर्कसपको लागी काठमाडौँ बाट विशेषज्ञ स्पिकरका रुपमा रहेने छन् ।
यस कार्यक्रममा सहभागीता हुनका लागी अनिवार्य रेजिस्ट्र्शन गर्नु पर्ने र सहभागीहरुले आफ्नै ल्यापट ल्याउनु पर्नेछ ।
 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा